१०४ मेगावाटको तल्लो सेती आयोजना तनहुँ हाइड्रोपावरले बनाउने
तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलद्यिुत आयोजना बनाउने भएको छ । जिल्लाको ऋषिङ गाँउपालिका–१ स्थिति १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना बनाउँदै आएको कम्पनीले नै तल्लो सेती आयोजना निर्माण गर्ने भएको हो ।
सञ्चालनमा रहेको तनहुँ जलविद्युत आयोजनाको बाँधबाट प्राप्त हुने सेती नदीको प्रवाह तथा मादी नदीको थप प्रवाह प्रयोग गरेर नयाँ आयोजना बनाइने छ । कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागेको जानकारी दिए ।
कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पाइसकेको छ । यस्तै, एसियन डेभलपमेन्ट बैंकबाट पाउने ३५ लाख अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको इञ्जिनियरिङ डिजाइन र बोलपत्रसम्बन्धी कागजात तयार पार्न परामर्श खरिदका लागि यसअघि नै सम्झौता भइसक्यो ।
बन्दीपुर गाउँपालिका ६ र देवघाट गाउँपालिका ३ नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । यो आयोजनाका लागि कम्पनीले ६.८ किलोमिटर लामो सुरूङमार्ग समेत निर्माण गर्नेछ । आयोजना अगाडि बढाउन कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन क्षेत्र निर्धारणका लागि सुझाव समेत मागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण