काँग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित
नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।
सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए । विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको जनाइएको छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण