नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
सोमबार, २९ असार २०८३, १३ : ४१
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नयाँ सार्वजनिक खरिद ऐन, २०८३ अनुसार मात्र खरिद कारबाही अघि बढाउन निर्देशन दिएको छ।
- गत असार २५ गते प्रमाणीकरण भई लागू भएको यो ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी कागजात तयार गर्ने कार्य भइरहेको छ।
- नयाँ नमूना बोलपत्र कागजात जारी नभएसम्मका लागि यो निर्देशन लागू हुनेछ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन परिपत्र जारी गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै गत असार २५ गते प्रमाणीकरण भई प्रारम्भ भइसकेको नयाँ संशोधन ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी कागजात तयार गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।
नयाँ नमूना बोलपत्र कागजात तयार भई पूर्ण रूपमा जारी नभएसम्मका लागि खरिद अनुगमन कार्यालयले असार २९ गतेको निर्णयानुसार सम्पूर्ण सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण