केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
सारांश
- यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा प्राविधिक समस्या आएपछि देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवाहरू ठप्प भएका छन् ।
- केन्द्रीय 'इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम' (ईडीएलभीआरएस) सर्भरमा समस्या आएकाले काठमाडौंसहित देशभरका यातायात कार्यालयहरूले सेवा स्थगित गरेका छन् ।
- नयाँ दर्ता, वर्ग थप, नवीकरण तथा राजश्व भुक्तानी जस्ता नियमित सेवाहरू स्थगित भए पनि पूर्व निर्धारित ट्रायल र तयार भइसकेका लाइसेन्स वितरण भने सुचारु रहनेछ ।
काठमाडौँ । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणालीमा आएको प्राविधिक गडबडीका कारण देशभरका यातायात व्यवस्था कार्यालयहरूमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू ठप्प भएका छन् ।
विभागको केन्द्रीय ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ (ईडीएलभीआरएस) सर्भरमा प्राविधिक समस्या देखिएपछि सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न प्रदेशका यातायात कार्यालयहरूले आकस्मिक सूचना जारी गर्दै सेवा स्थगित गरेका हुन् ।
केन्द्रीय प्रणालीमै समस्या आएका कारण सबै प्रदेश मातहतका प्रमुख यातायात कार्यालयहरूको दैनिक कार्यसम्पादन पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ ।
यातायात व्यवस्था कार्यालय कलङ्की र भक्तपुरले नयाँ दर्ता, वर्ग थप, नवीकरण तथा राजश्व भुक्तानी जस्ता नियमित सेवाहरू पूर्ण रूपमा स्थगित गरेका छन् । यद्यपि, पूर्व निर्धारित प्रयोगात्मक परीक्षा (ट्रायल) र तयार भइसकेका लाइसेन्स वितरण कार्य भने सुचारु रहने कार्यालयहरूले जनाएका छन् ।
यातायात व्यवस्था कार्यालय भरतपुरले अर्को सूचना नआएसम्मका लागि लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्यहरू पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा असार २६ गतेदेखि नै बायोमेट्रिक कार्य प्रभावित भएको छ । कार्यालयले असार २९ गतेसम्म बायोमेट्रिकका लागि ‘अफिस भिजिट डेट’ पाएका तर प्रणाली अवरुद्ध हुँदा प्रक्रिया पूरा गर्न नसकेका आवेदकहरूको पालो अर्को सूचना जारी नभएसम्मका लागि सारेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण