क्यानले एकदिवसीय र त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्रिदेशीय शृंखला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ । नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण