धनियाँ खानुका ४ फाइदा
सागसब्जी किन्दा सित्तैमा धनियाँ माग्नु ग्राहकको अधिकार जस्तै बनेको छ । धनियाँको पातको स्वाद र बास्नाले कुनै पनि परिकारमा सुनमा सुगन्ध थपिन्छ । तर धनियाँले खानाको स्वाद बढाउने मात्र होइन यसका औषधीय गुण पनि धेरै छन् । धनियाँको पातमा भिटामिन सी, कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, आइरन, फाइबर, थायामिन तथा मिनरल्स आदि थुप्रै पौष्टिक तत्त्व पाइन्छ । थाहा पाउनुहोस् पोषक तत्त्वयुक्त धनियाँको पातको स्वास्थ्य लाभको बारेमा :
१. पाचन प्रणालीमा सुधार
धेरै रोगहरू विरुद्ध लड्न पाचन शक्ति राम्रो हुनुपर्छ । यसका लागि तपाईंको खानामा धनियाँका पातहरू पनि एकदमै स्वस्थ हुन सक्छन् । यसको सेवनले तपाईंको पाचन क्षमतामा सुधार मात्र होइन, पेट दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाउन मद्दत गर्छ ।
२. मधुमेहका रोगीहरूका लागि
मधुमेह रोगीहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु एकदमै महत्त्वपूर्ण छ। तसर्थ, धनियाँको पातको सेवन रगतमा चिनीको मात्रा नियन्त्रण गर्न लाभदायक हुन सक्छ । मधुमेहका बिरामीका लागि खानामा हरियो धनियाँ नियमित रूपमा समावेश गर्दा रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।
३. आँखाको ज्योति बढाउन
आँखाको स्वास्थ्यका लागि भिटामिन ए राम्रो मानिन्छ । हरियो धनियाँमा भिटामिन ए पनि पाइन्छ । त्यसैले यसको सेवनले आँखाको ज्योति बढाउन मद्दत गर्छ । तसर्थ, बच्चादेखि वयस्कसम्म सबैको लागि धनियाँको पात खानु लाभदायक हुन सक्छ।
४. मिर्गौलालाई डिटक्सिफाई गर्नु
मिर्गौलाले तपाईंको शरीरबाट फोहोर पदार्थहरू बाहिर निकाल्ने काम गर्छ । धनियाँमा डिटक्सिफिकेसनको गुण पनि हुन्छ, जुन तपाईंको शरीरलाई विषाक्तमुक्त बनाउन प्रभावकारी साबित हुन सक्छ । दालमा काटेर, तरकारीमा वा सुप आदि मा राखेर धनियाँको पात सेवन गर्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण