दुई दिने शिशुसहित ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु

ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए ।
कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा