एमाले अध्यक्ष केपी ओली पोखरामा
सोमबार, २३ फागुन २०७८, १४ : ५७
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।
मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।
यसअघि ओली सोमबार नवलपरासी पूर्वको मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोतीको १६ औं स्थापना दिवस समारोहमा सहभागी भएका थिए । उनले नवनिर्मित क्याम्पस भवनको उद्घाटनसमेत गरेका थिए । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण