नाबालिकाको अश्लिल तस्बिर फेसबुकमा पोष्ट गर्ने व्यक्ति पक्राउ
एक नाबालिकाको अश्लील तस्बिर तथा नाबालिकाको नामसँग जोडिएको अश्लिल स्टाटस फेसबुकमा पोष्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न ललितपुर उपमहानगरपालिका २१ का दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रवक्ता नवीन्द अर्यालका अनुसार दिपु भन्ने विकास महर्जनले धादिङकी एक नाबालिकाको अश्लील तस्वीर तथा नाबालिकासँग जोडिएका अश्लिल विषयहरुलाई सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गर्ने गरेका थिए ।
महर्जनले नाबालिकाको अश्लील तस्बिर खिचेको र ती तस्बिरहरुलाई प्रयोग गरी धम्काउने, ब्ल्याकमेल गर्ने गरेका थिए । पछि नाबालिका निज महर्जनसँग टाढिन थालेपछि उनले नाबालिकाको अश्लिल तस्बिर तथा उनीसँग जोडिएका स्टाटसहरु फेसबुकमा पोष्ट गर्न थालेका थिए ।
दिपु भन्ने विकास महर्जनले आफ्नो चरित्र हत्या गरेको र आफूमाथि ब्ल्याकमेल गरेको भन्दै पीडित नाबालिकाको परिवारले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उजुरी लगत्तै फरार भएका महर्जनलाई साइबर ब्यूरोको टोलीले फागुन २२ गते आइतबार पक्राउ गरेको हो ।
पक्राउलगत्तै महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्नुअघि नै जाहेरी आएको र जाहेरीपछि प्राविधिक विश्लेषण गर्दा आरोपीले कसुर गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको हो ।
२९ वर्षीय महर्जनले १६ वर्षीय नाबालिकाको चरित्र हत्या गर्ने प्रयास गरेका थिए । महर्जनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण