तेल किनेको पैसा तिर्न आयल निगमलाई सरकारले ४ अर्ब २५ करोड दिने
इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग पेट्रोलियम पदार्थ खरिद गरेको पैसा तिर्न आयल निगमलाई सरकारले रकम दिने भएको छ । सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने भएको हो ।
सरकारले पेट्रोलियम पदार्थको बिक्रीबापत प्रतिलिटर १ प्रतिशतका दरले मूल्य स्थिरिकरण कोषमा जम्मा गर्छ । यो रकम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्थानीय मूल्य घटाउने लक्ष्यसहित खर्च गरिन्छ । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्न थालेपछि निगम तेल किनेको पैसा तिर्न समेत नसक्ने गरी थलिएको छ । सोही रकम तिर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा रहेको मूल्य स्थिरिकरण कोषले निगमलाई उक्त रकम दिने भएको हो ।
निगमले पछिल्लो पटक मूल्य बढाएर पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुर्याएको थियो । मूल्य बढाएपछि पनि निगमलाई १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट २ अर्ब ५० करोड रुपैयाँ घाटा छ । कोषले निगमलाई तेल किनेको पैसा भुक्तानी गर्न यसअघि १ अर्ब ८० करोड रुपैयाँ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण