एनसेलले ल्यायो, ‘अल नेपाल भ्वाइस प्याक’ योजना
एनसेलले ‘अल नेपाल भ्वाइस प्याक’ योजना संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्ने सुविधा पाउने भएका हुन् । यो योजना अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस कल गर्न सक्छन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् । त्यस्तै, ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् । यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् । धेरै समयसिमा सहितको टक टाइम चाहिनेका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।
यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरू पनि छन् जस अन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण