महिला अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध– अध्यक्ष थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । राप्रमसं नेपालले आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए ।
सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव छ भनेर जनतामाझ आएको पार्टी राप्रपा नेपाललाई सहयोग गर्ने सन्देश लिएर आम जनताको घरघरमा राप्रमसं नेपाल पुग्ने आशा र विश्वास व्यक्त गर्दै अध्यक्ष थापाले संगठनलाई वडा तहसम्म पु¥याउन नवगठित केन्द्रीय कार्य समितिलाई निर्देशन दिए ।
धर्मप्रतिको आस्था र विश्वास घट्दै गएका कारण महिला हिंसा, बलात्कार जस्ता अमानवीय कृयाकलापले प्रश्रय पाएको भन्दै अध्यक्ष थापाले यसलाई सच्याएर मुलुकलाई वैदिक सनातन मूल्य र मान्यताको आधारमा हिँडाउन नेपाललाई सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र कायम गराउनुपर्छ भन्ने राप्रपा नेपालको प्रमुख मान्यता रहेको स्पष्ट पारे ।
राप्रपा नेपालका विभिन्न भातृ संगठनहरु घोषणा गर्ने क्रम चलिरहँदा आज सुनिता कुरुम्वाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको हो । नवगठित समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा के.सी. र अम्बिका खतिवडा, महासचिवमा सुशिला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि.क., करुणा शाही, सकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण