बुधबारदेखि सगरमाथा आरोहण गर्दै अभिनेत्री दीया
अभिनेत्री दीया पुनले सगरमाथामा फिल्मको पोष्टर समेत फहराउने भएकी छन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले सगरमाथामा नेपाली झन्डाको अलवा फिल्म मन्त्रको पोष्टर समेत फहराउने बताएकी हुन् । मौसमले साथ दिए ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाइन् ।
बुधबारबाट सगरमाथा आरोहणको गर्ने तयारी गरेकी दीयलाई फिल्म ‘मन्त्र’ले मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच राष्ट्रिय झण्डा र फिल्मको पोस्टरसहित बिदाइ गरेको हो । कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको फिल्म युनिटले दीयालाई सगुनस्वरुप दही खुवाएर शुभ–कामना दिए । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिदैछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।
अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टुगेदर, उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फष्ट रहेका छन् ।
सगरमाथा आरोहणको उत्सुकताबारे उनले भनिन्, ‘सामागाउँमा फिल्म छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’दीया अभिनित फिल्म मन्त्र वैशाखमा प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले सौगातसँग रोमान्स गरेकी छन् । कार्यक्रममा अभिनेता बुद्धि तामाङ, अभिनेत्री नमिता तामाङसहित फिल्मका युनिटका धेरै सदस्य सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण