मध्यपश्चिम विश्वविद्यालयमा भाषा तथा सीप विकास केन्द्र स्थापना
मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो ।
संयुक्त राष्ट्र संघका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्यतासँग जोडिएका भाषा सिकाउने उद्देश्यले केन्द्रको स्थापना भएको विश्वविद्यालयले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक उपप्राध्यापक चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका भाषाका अतिरिक्त जर्मन, जापनिज, कोरियन र विश्व सभ्यतासँग जोडिएका ल्याटिन, ग्रिक, संस्कृतलगायतका भाषाको अध्ययन गराइने जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले आज वीरेन्द्रनगर नगरपालिका–८ खजुरामा स्थापना गरिएको केन्द्रको विधिवत् उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति सिंहले विश्वविद्यालयले नियमित प्राज्ञिक गतिविधिका अतिरिक्त विश्वस्तरमा भाषा र सीप सिकाउन जोड दिएको बताए ।
“विश्वका जुनसुकै ठाउँमा गएर पनि टिक्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यअनुसार केन्द्र स्थापना गरेका हौँ”, उनले भने, “भाषा सिकाउने मात्र नभई ती भाषा बोलिने मुलुकमा पुग्ने विद्यार्थीलाई सीपमूलक व्यावसायिक पाठ्यक्रम तयार गरी रोजगारीमा जोडिनेछ ।” तत्कालका लागि कोरियन भाषा सञ्चालन हुनेछ । कार्यकारी निर्देशक केसीका अनुसार कोरियन भाषा सञ्चालनका लागि बुधबारदेखि निवेदन माग गरिने र चैत १६ गतेदेखि कोरियन भाषाको कक्षा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण