डिजिटल चाँगुनारायण नगरपालिका : नागरिकले मोबाइलबाट सेवा लिन सक्ने
चाँगुनारायण नगरपालिकाले नागरिकको सेवा प्रवाहको लागि डिजिटल सेवा प्रवाहको प्रणालीको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरप्रमुख सोमप्रसाद मिश्रले उक्त कार्यको शुभारम्भ गरेका हुन् । नगरपालिकाले विगतमा संकलन गरेको विभिन्न किसिमको सर्वेक्षण एवं श्रोतबाट नागरिक तथ्यांक संकलन गरी डिजिटल प्रोफाइल निर्माण गरिसकेको थियो ।
संकलित तथ्यांकको आधारमा सेवा पाउन नागरिकले चाँगुनारायण एप आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्दछ । त्यसपछि आफ्नो व्यक्तिगत खाता खोलेर नगरपालिका र वडा कार्यालयबाट प्राप्त हुने सेवाहरु सजिलै लिन सकिने नगरपालिका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए ।
‘चाँगुनारायण नगरबासीले ४० भन्दा बढी प्रकारको सिफारिस प्रमाणपत्र एवं अन्य सेवाहरु घरमै बसी मोबाइल एप्लीकेशन मार्फत प्राप्त गर्न सक्नेछन्,’ न्यौपानेले भने । सेवा प्राप्त गर्दा लाग्ने शूल्क समेत अनलाइन मार्फत नगरपालिकाकै एप्लीकेशनबाट प्राप्त गर्न सक्नेछ । सो कार्यका लागि नगरपालिका र स्मार्ट पालिका प्रा.लिबिच बिगत १ वर्ष अघि सम्झौता भएको थियो । एकद्धार डिजिटल सेवा प्रर्वद्धन एव स्थानीय सरकारका सेवा सुदृढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने नगरपालिका प्रमुख मिश्रको भनाइ रहेको छ ।
नगर प्रमुख मिश्रले अब छिट्टै नगरबासीले सामान्य सफारिस र सेवाको लागि नगरपालिका वा वडा कार्यालयमा लाइन बसेर सेवा लिनु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा मात्र सूचना प्रविधि अन्र्तगत १ करोड ६२ लाख बजेट विनियोजन गरेको थियो । यस आर्थिक वर्षमा समेत नगरपालिकाले सोही शिर्षकमा १करोड ६५ लाख बजेट छुटाएको नगरप्रमुख मिश्रले बताए ।
उक्त शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईँ, नायिका सुरक्षा पन्तलगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण