चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता
बुधबार, २५ फागुन २०७८, १३ : १३

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको बताइएको छ । त्यस्तै उनीहरुका बीचमा चीन पाकिस्तान द्धिपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गर्नुभएको चीन भ्रमण र उनले बेइजिङ ओलम्पिकमा सहभागी भएको विषयमा पनि कुराकानी भएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन