संखुवासभामा बस दुर्घटना, सात जनाको मृत्यु
बिहीबार, २६ फागुन २०७८, ०९ : ४४
संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए । झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।
ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए । दुर्घटना स्थलबाट प्रहरीले १९ जनालाई उद्धार गरी चैनपुर अस्पताल पठाएको छ । उनीहरु सोही अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण