बलिउडमा डेब्यु, साउथमा हिट
काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । त्यसअघि उनका साउथ इन्डियन फिल्महरू प्राय प्रदर्शनमा आएका थिए । उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन् । उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् ।
साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’मार्फत भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् । यद्यपि, उनलाई दर्शकले मात्र होइन, फिल्म मेकर्सले पनि नोटिस गरेनन् । जसकारण उनले साउथ इन्डियन फिल्ममार्फत आएको अफरहरूलाई स्वीकार्दै करियर सुरु गरिन् ।
उनलाई अझै पनि दर्शकले साउथबाट बलिउडमा आएकी हिरोइन भनेर चिन्ने गर्छन् । उनले बलिउडमा काम नपाएपछि साउथमा काम सुरु गरेकी थिइन् । साउथमा लोकप्रियता कमाएसँगै उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यसयता उनी दुवैतीर उत्तिकै व्यस्त छिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण