बलिउडमा डेब्यु, साउथमा हिट
काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । त्यसअघि उनका साउथ इन्डियन फिल्महरू प्राय प्रदर्शनमा आएका थिए । उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन् । उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् ।
साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’मार्फत भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् । यद्यपि, उनलाई दर्शकले मात्र होइन, फिल्म मेकर्सले पनि नोटिस गरेनन् । जसकारण उनले साउथ इन्डियन फिल्ममार्फत आएको अफरहरूलाई स्वीकार्दै करियर सुरु गरिन् ।
उनलाई अझै पनि दर्शकले साउथबाट बलिउडमा आएकी हिरोइन भनेर चिन्ने गर्छन् । उनले बलिउडमा काम नपाएपछि साउथमा काम सुरु गरेकी थिइन् । साउथमा लोकप्रियता कमाएसँगै उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यसयता उनी दुवैतीर उत्तिकै व्यस्त छिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी