पल शाह ‘२ नम्बरी’ बाट हट्ने
जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । निर्माण युनिटले उनलाई हटाएर फिल्म पुरा गर्ने तयारी थालेको हो । निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्काे कलाकार लिएर काम गर्ने तयारी भएको बताए ।
‘पलभित्र भएपछि उनको ठाउँमा हामीले अर्काे कलाकार लिएर काम गर्नैपर्छ’ निर्देशक लामाले भने ‘अहिलेसम्म पललाई हटाइएको छैन । अर्काे कलाकार फाइनल भएपछि उनी हट्नेछन् ।’ निर्देशक लामाले उनको ठाउँमा अर्काे कलाकार फाइनल नभएसम्म हटाइयो भनेर भन्न नमिल्ने बताए । ‘हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह हट्नेछन्’ लामाले थपे ।
पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए । काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायाङ्कन लोकेसन र केही कलाकार पनि फेरिने बताइएको छ । फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको छ । उनको ठाउँमा पनि अर्काे कलाकार रहनेछन् ।
दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहने फिल्ममा निर्देशक लामाकै कथा रहेको छ । रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको फिल्मका प्रस्तुतकर्तामा किरण नेपाली हुन् । फिल्ममा निर्माताको रुपमा प्रदेश सांसद दीपक मनाङ्गे समेत भित्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण