पञ्जाबमा चुनाव हारेपछि कपिल शर्मा शोमा होला सिद्धूको फिर्ती ?
हालसम्मको रुझानका अनुसार पञ्जाबमा आम आदमी पार्टीले सत्तारुढ कांग्रेस पार्टीको लगभग पत्तासाफ गरिदिएको छ ।
क्रिकेटरबाट राजनेता बनेका र दुईपटक लोकसभा सांसद बनेका नवजोत सिंह सिद्धू पञ्जाब चुनाव परिणाममा कांग्रेसको अपमानजनक स्थितिका लागि जिम्मेवार प्रमुख कारकमध्ये एक भएको विशेषज्ञले बताएका छन् ।
सिद्धूूको हारपछि अब उनको राजनीतिक करियर समाप्त हुने धेरैले कयास लगाएका छन् ।
त्यसैले कतिले उनी द कपिल शर्मा शोमा फर्कनु बाहेक अन्य कुनै विकल्प नभएको पनि धेरैले बताइरहेका छन् । तर वास्तविकता के हो त ?
कपिल शर्माको शोमा फर्कन्छन् सिद्धू
अब अर्चना पुरन सिंहले निर्णायकको कुर्सी खाली गर्नु पर्ने पनि धेरैले बताइरहेका छन् । यसैगरी सिद्धूलाई कपिल शर्माको शो मा हेर्ने मानिस उत्साहित पनि भएका छन् । तर फिल्ममेकर अशोक पण्डितले सबैको मनोकांक्षामा पानी हालिदिएका छन् ।
To all those who are worried about @sherryontopp ‘s return to #KapilSharmaShow Let me inform you that @fwicemum has issued a non cooperation against him for his support to a terrorist nation #Pakistan
— Ashoke Pandit (@ashokepandit) March 10, 2022
This means he cannot do the show. pic.twitter.com/DoNyDDsSwf
अशोक पण्डितको सिद्धूमाथि प्रहार
अशोक पण्डितले ट्वीटरमा स्पष्ट भनेका छन् कि सिद्धू चाहेर पनि कपिल शर्मा शोमा फर्कन सक्ने छैनन् । उनले ट्वीटमा लेखेका छन्, ‘नवजोति सिंह सिद्धू कपिल शर्मा शो मा फिर्ता हुन्छन् कि भनेर चिन्ता गर्ने धेरैलाई म यो बताउन चाहन्छु कि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोईले नवजोत सिंह सिद्धूविरुद्ध पाकिस्तानलाई समर्थन गरेको भन्दै नन कोअपरेशन इश्यू गरेको छ । यसको अर्थ उनी द कपिल शर्मामा फिर्ता हुन सक्ने छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण