नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त
बिहीबार, २६ फागुन २०७८, २० : ५१
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।
थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। सुर्खेत निवासी उनी नेपाल विद्युत प्राधिकरणका सञ्चालक समेत भएका थिए ।
उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र समेत हुन् । यसअघि संस्थापन इतर समूहको बाहुल्यता रहेको सिडेनमा देउवा निकट समूह खडा गरेर थानी अध्यक्ष निर्वाचित हुन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण