शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डबाट आएका २ महिला त्रिभुवन विमानस्थलमा पक्राउ

शुक्रबार, २७ फागुन २०७८, १३ : ३०
शुक्रबार, २७ फागुन २०७८

थाइल्याण्डबाट आएका दुईजना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाई नागरिक ३२ वर्षीया वानविसा जानतासन र ४१ वर्षीय वारापोर्न खुनसोमबतलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

फागुन २६ मा भिस्तारा एयरलान्सको उडानबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले वानविसाको साथबाट २ हजार र ५ सय दरका १ लाख ७९ हजार ५ सय भारतीय मुद्रा बरामद गरेको छ । वारापोर्नको साथबाट भरतीय रुपैयाँ ५ सय दरका १ लाख १५ हजार बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसपी हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप