थाइल्याण्डबाट आएका २ महिला त्रिभुवन विमानस्थलमा पक्राउ
शुक्रबार, २७ फागुन २०७८, १३ : ३०
थाइल्याण्डबाट आएका दुईजना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाई नागरिक ३२ वर्षीया वानविसा जानतासन र ४१ वर्षीय वारापोर्न खुनसोमबतलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
फागुन २६ मा भिस्तारा एयरलान्सको उडानबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले वानविसाको साथबाट २ हजार र ५ सय दरका १ लाख ७९ हजार ५ सय भारतीय मुद्रा बरामद गरेको छ । वारापोर्नको साथबाट भरतीय रुपैयाँ ५ सय दरका १ लाख १५ हजार बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसपी हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण