सिस्ने–२ मा भेटिएको सकेट बम निष्क्रिय

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो ।
ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । आज बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई निष्क्रिय गरेका हुन् ।
दस वर्षे सशस्त्र जनयुद्ध क्रममा तत्कालीन नेकपा माओवादीका लडाकुले उक्त सकेट बम छोडेको हुन सक्ने वडाध्यक्ष केसीले बताए । सेनानी बाबुलाल जिसी नेतृत्वको ११ को टोलीले बम निष्क्रिय गरेको प्रहरीले जनाएको छ । निष्क्रिय गर्दा ठूलो आवाजमा बम पड्किएको थियो । दुई चरणमा गरी सबै बम निष्क्रिय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव