मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् ।
नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो । सांसद नवराज सिलवालले विकास निर्माणका हिसाबले काठमाडौं उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताए ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे ।
उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरिन् । उक्त कार्यक्रममा १४ वडाअध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण