शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मलहोत्रा निर्वाचित

शुक्रबार, २७ फागुन २०७८, २० : ४४
शुक्रबार, २७ फागुन २०७८

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी दिपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औं वार्षिक साधारणसभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको साधारण सभाले मलहोत्राको नेतृत्वमा आगामी तीन वर्षका लागि निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा धुव्रकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनकशर्मा पौडेल छन् ।

यसैगरी, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका छन् । नेपाल भियतनाम उद्योग वाणिज्य संघ मुलुकको पर्यटन क्षेत्र तथा व्यापार क्षेत्र विकास गर्ने लक्ष्यसहित स्थापना भएको संस्था हो ।

यसका साथै, संघले देशको कृषि क्षेत्रको विकासका लागि समेत दुई देशबीच सहकार्य गर्ने बताइएको छ । हाल भियतनामसँग भइरहेको व्यापारलाई निरन्तरता दिनका लागि संघले जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप