नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मलहोत्रा निर्वाचित
नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी दिपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औं वार्षिक साधारणसभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको साधारण सभाले मलहोत्राको नेतृत्वमा आगामी तीन वर्षका लागि निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा धुव्रकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनकशर्मा पौडेल छन् ।
यसैगरी, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका छन् । नेपाल भियतनाम उद्योग वाणिज्य संघ मुलुकको पर्यटन क्षेत्र तथा व्यापार क्षेत्र विकास गर्ने लक्ष्यसहित स्थापना भएको संस्था हो ।
यसका साथै, संघले देशको कृषि क्षेत्रको विकासका लागि समेत दुई देशबीच सहकार्य गर्ने बताइएको छ । हाल भियतनामसँग भइरहेको व्यापारलाई निरन्तरता दिनका लागि संघले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण