इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी
शुक्रबार, २७ फागुन २०७८, २१ : ४१
पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी चार विकेट लिन सफल भएसँगै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेल शमशेर क्रिकेट क्लब कानपुर (भारत) र सन्नी क्रिकेट क्लब कटियार (भारत) सँगको विजेता टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ