इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी
शुक्रबार, २७ फागुन २०७८, २१ : ४१
पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी चार विकेट लिन सफल भएसँगै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेल शमशेर क्रिकेट क्लब कानपुर (भारत) र सन्नी क्रिकेट क्लब कटियार (भारत) सँगको विजेता टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण