नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन
नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गमा क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रूपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको जानकारी दिएको छ ।
उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयास भएको बैंकको दाबी छ । इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरूको उपस्थिति थियो । करिब चार घण्टा संचालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरूले यस किसिमको तालिमले आफ्नो व्यवसायिक क्षमता वृद्धिमा निकै सहयोग गर्ने बताएका थिए ।
आगामी दिनमा समेत यस्ता ग्राहकमुखी कार्यक्रमहरू संचालन गरिने नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभाग प्रमूख निरजकुमार बस्नेत डनिलले बताएका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण