अग्नि ग्रुप ३०औं वर्षमा, ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान
नेपालको एक व्यापारिक समूह अग्नि ग्रुपले स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान गरेको छ । ग्रुपले यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको हो ।
स्थापना वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिएका छन्‌ । ‘हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु। यो त सुरुवात मात्र हो, आगामी वर्षहरू एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔं,’ श्रेष्ठले भने ।
अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । हाल ग्रुपले अटोमोबाइल्स, स्पेयर्स र सेवाहरू बिक्रीवितरण गरिरहेको छ । देशभर हाल ग्रुपका ७१ भन्दा अधिक डिलर तथा शाखा छन्‌ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ । हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण