केजरीवाललाई शुभकामना दिँदै रवीन्द्र मिश्रले भने– नेपालमा बढी नै अपेक्षा गरियो कि ?
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भारतको राजनीतिमा उदाएको आम आदमी पार्टीका प्रमुख अरवीन्द्र केजरीवाललाई बधाई दिएका छन् । जारी विधानसभा निर्वाचनमा आमआदमीले राम्रो नतिजा ल्याएपछि नेपालको वैकल्पिक राजनीतिमा संघर्ष गर्दै गरेका मिश्रले शुभकामना दिएका हुन् ।
उनले नेपालको हकमा वैकल्पिक शक्तिबाट बढी नै अपेक्षा गरिएको हो कि भन्ने भाव भएको पनि बताएका छन् । ‘केजरीवाल सन् २००० तिरबाटै भ्रष्टाचार विरोधी अभियानमा संलग्न थिए। सन् २००६ मा विख्यात म्यागसेसे पुरस्कार पाए। अन्ना हजारेसँग काम गरे र सन् २०१३ मा पहिलो पटक दिल्लीको मुख्यमन्त्रीमा विजय भए’, मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पहिलो सफलताको अगाडि १३ वर्षको इतिहास छ। नेपालमा ५ वर्षमैँ वैकल्पिक राजनीतिबाट बढी नै अपेक्षा गरियो कि ?’
नेपालमा वैकल्पिक पार्टीमा लोकतन्त्र नभएको र महाधिवेशन भएन भन्नेहरूले आम आदमी पार्टीमा केजरीवालले तानाशाही तरिका अवलम्वन गरेको, महाधिवेशन नगरेको, असिमित पटक संयोजक हुने बाटो राखेकोबारे भने केही टिप्पणी नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘यसो भन्दा अर्थ चाहिँ अनर्थ लगाइने छ भन्नेमा विश्वस्त छु’, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
