बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

केजरीवाललाई शुभकामना दिँदै रवीन्द्र मिश्रले भने– नेपालमा बढी नै अपेक्षा गरियो कि ?

शुक्रबार, २७ फागुन २०७८, २३ : ०२
शुक्रबार, २७ फागुन २०७८

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भारतको राजनीतिमा उदाएको आम आदमी पार्टीका प्रमुख अरवीन्द्र केजरीवाललाई बधाई दिएका छन् । जारी विधानसभा निर्वाचनमा आमआदमीले राम्रो नतिजा ल्याएपछि नेपालको वैकल्पिक राजनीतिमा संघर्ष गर्दै गरेका मिश्रले शुभकामना दिएका हुन् । 

उनले नेपालको हकमा वैकल्पिक शक्तिबाट बढी नै अपेक्षा गरिएको हो कि भन्ने भाव भएको पनि बताएका छन् ।   ‘केजरीवाल सन् २००० तिरबाटै भ्रष्टाचार विरोधी अभियानमा संलग्न थिए। सन् २००६ मा विख्यात म्यागसेसे पुरस्कार पाए। अन्ना हजारेसँग काम गरे र सन् २०१३ मा पहिलो पटक दिल्लीको मुख्यमन्त्रीमा विजय भए’, मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पहिलो सफलताको अगाडि १३ वर्षको इतिहास छ। नेपालमा ५ वर्षमैँ वैकल्पिक राजनीतिबाट बढी नै अपेक्षा गरियो कि ?’

नेपालमा वैकल्पिक पार्टीमा लोकतन्त्र नभएको र महाधिवेशन भएन भन्नेहरूले आम आदमी पार्टीमा केजरीवालले तानाशाही तरिका अवलम्वन गरेको, महाधिवेशन नगरेको, असिमित पटक संयोजक हुने बाटो राखेकोबारे भने केही टिप्पणी नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘यसो भन्दा अर्थ चाहिँ अनर्थ लगाइने छ भन्नेमा विश्वस्त छु’, उनले भनेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप