व्याख्यात्मक टिप्पणी लाज छोप्ने टालो : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने प्रष्ट पारेका छन् । उनले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताएका हुन् । ‘जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको छ त्यो लाज छोप्ने टालो हो,’ शनिबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘ एमसीसीसँग हाम्रो कुनै लेनादेना छैन।’
लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ त ? भन्ने त्यो बेला नै थाह हुनेछ,’ उनले भने,‘ अहिले भ्रष्टाचार स्थानीय तहसम्म आइपुग्यो । भ्रष्टाचाररहित स्थानीय तहको विकास गराउनका लागि राप्रपा चुनाव लक्षित भएको छ।’
साथै उनले राप्रपाले जितेका स्थानीयतहमा छुट्टै मोडालिटी तयार गरिने पनि बताए । ‘चुनावमा मत माग्दा हामी प्रतिबद्धता व्यक्त गर्नेछौं। उच्च माध्यमिक शिक्षा पूर्ण रुपमा निःशुल्क हुन्छ । न्युनतम रुपमा एक परिवार एक रोजगारको आधार सिर्जना गर्नेछौं भने भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि जितेका जनप्रतिनिधिहरूलाई सार्वजनिक मन्दिरहरूमा गएर भ्रष्टाचार नगर्ने संकल्प गराइनेछ’ लिङ्देनले भने।
अध्यक्ष लिङ्देनले अब जुन ठाउँमा राप्रपाले जित्छ त्यही ठाउँबाट वर्तमान परिवेशमा चलिरहेको भन्दा फरक खालको राजनीतिक संस्कार बसाल्ने पनि उनले प्रष्ट्याए। पार्टी टुटफुटको विषयमा बोल्दै उनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई क्षति हुने भन्दा पनि अझ बलियो शक्तिका रुपमा पार्टीलाई बदल्ने संकल्पका साथ अघि बढ्न प्रेरित भएको उनको भनाई थियो ।
राजनीतिलाई पेशा व्यवसाय ठान्ने, यथास्थितिमै राजनीति गर्न चाहनेहरु एकातिर र राजनीतिलाई पेशा व्यवसाय होइन्, जनसेवा ठान्नेहरू राप्रपामा समाहित हुने उनले बताए । लिङ्देन पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण