फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो
शनिबार, २८ फागुन २०७८, ११ : ५४
कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो ।
उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो ।
त्यसैगरी १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण