जनता समाजवादी पार्टी संघीय परिषद्को बैठक सुरु
शनिबार, २८ फागुन २०७८, ०६ : ००

जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । ‘महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्छ ।’
प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको उनले बताए । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह
-
माओवादी एक नम्बरतिर उकालो लाग्दैछ : प्रचण्ड
-
रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगे नवराज सुवेदी
-
चुनावमा लड्ने र जित्ने प्रथम नेपाली महिला
-
कांग्रेस मधेस प्रदेश विभागीय प्रमुख तथा सचिवहरूलाई अभिमुखीकरण
-
हाम्रो पार्टीलाई जनमतको कमी छैन: अध्यक्ष नेपाल