जनता समाजवादी पार्टी संघीय परिषद्को बैठक सुरु
शनिबार, २८ फागुन २०७८, ०६ : ००
जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । ‘महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्छ ।’
प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको उनले बताए । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण