कीभदेखि रुसी सेना मात्र २५ किलोमिटर टाढा : बेलायत

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ ।
‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा कम क्षति भोग्नका लागि पनि यो रणनीति हुनसक्छ किनभने यसले युक्रेनी सेनाको आक्रमणबाट धेरै क्षति भोगिसकेको छ’ मन्त्रालयको भनाइ छ । यसबाहेक देशको चार्नीहेव, खर्कीभ, मारियुपल र सुमीलाई रुसी सेनाले घेरा हालेको छ र यी शहरहरुमा लगातार आक्रमण भइरहेको छ ।
रूस–युक्रेन युद्धमा अहिलेसम्म के भएको छ ?
शनिबार बिहान, युक्रेनको राजधानी कीभलगायत विभिन्न शहरहरूमा आक्रमणको साइरन सुनियो। युक्रेनले फेरि रुसले मानिसहरुलाई दक्षिणी सहर मारियुटोललाई सुरक्षित रुपमा छाड्न नदिएको आरोप लगाएको छ ।
युक्रेनी सरकारका अनुसार मारियुपोलको अवस्था झन् झन् खराब हुँदै गइरहेको छ। अहिलेसम्म मारियुपोलमा १,५०० जनाको मृत्यु भइसकेको छ ।
शनिबार, युक्रेनी अधिकारीहरूले देशको उत्तरपूर्वी शहर सुमीबाट मानिसहरूलाई उद्धार गर्न मानवीय करिडोर बनाउन सहमति भएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आमाहरूलाई आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गर्दै एउटा विमोचन सार्वजनिक गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसविरुद्धको युद्धमा भाग लिन युक्रेनमा आफ्नो फौज नपठाउने बताएका छन्। तथापि, उनले रूसी धनाढ्यहरुमाथि प्रतिबन्ध बढाउने कुरा बताएका छन् । युक्रेनले बेलारूस आगामी दिनहरूमा युद्धमा रुसमा सामेल हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन