बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यही वर्ष विवाह बन्धनमा बाँधिँदै आलिया र रणवीर

शनिबार, २८ फागुन २०७८, १५ : ३४
शनिबार, २८ फागुन २०७८

बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै दुईको विवाह हुने बताइएको छ । दुई जनाले सन् २०२२ को डिसेम्बरमा विवाह गर्न लागेको चर्चा थियो । तर पछिल्लो रिपोर्टअनुसार अब यी दुईले २०२२ अक्टोबरमा नै विवाह गर्नेछन् । तथापि, अहिलेसम्म विवाहको आधिकारिक मिति तय भएको छैन ।

स्रोतलाई उद्धृत गर्दै इ टाइम्सले भनेको छ, ‘जब आलिया र रणबीरको विवाहको कुरा आउँछ, मितिबारे ठ्याक्कै के भइरहेको छ, कसैलाई थाहा छैन । मुम्बईको पाली डाँडामा कृष्णराज भवनको जीर्णोद्धारको कुरा छ – उनीहरू बस्ने भनिएको घर तयार भइसकेको छैन । त्यो घर तयार हुन कम्तीमा पनि १८ महिना लाग्न सक्छ ।’

दुई जनाले गत वर्ष अर्थात् अप्रिल २०२१ मा विवाह गर्न लागेका थिए। तर कोरोना महामारीको कारण ती दुईको विवाह स्थगित गरियो। आलिया भट्टलाई यस विषयमा सोध्दा उनले भनिन्, ‘मेरो मनमा मैले रणबीरसँग विवाह गरिसकेकी छु। सबै कुरा हुनुको एउटा कारण हुन्छ । जब हामी विवाह गर्छौँ, त्यो सही र सुन्दर ढंगले हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप