यही वर्ष विवाह बन्धनमा बाँधिँदै आलिया र रणवीर
बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै दुईको विवाह हुने बताइएको छ । दुई जनाले सन् २०२२ को डिसेम्बरमा विवाह गर्न लागेको चर्चा थियो । तर पछिल्लो रिपोर्टअनुसार अब यी दुईले २०२२ अक्टोबरमा नै विवाह गर्नेछन् । तथापि, अहिलेसम्म विवाहको आधिकारिक मिति तय भएको छैन ।
स्रोतलाई उद्धृत गर्दै इ टाइम्सले भनेको छ, ‘जब आलिया र रणबीरको विवाहको कुरा आउँछ, मितिबारे ठ्याक्कै के भइरहेको छ, कसैलाई थाहा छैन । मुम्बईको पाली डाँडामा कृष्णराज भवनको जीर्णोद्धारको कुरा छ – उनीहरू बस्ने भनिएको घर तयार भइसकेको छैन । त्यो घर तयार हुन कम्तीमा पनि १८ महिना लाग्न सक्छ ।’
दुई जनाले गत वर्ष अर्थात् अप्रिल २०२१ मा विवाह गर्न लागेका थिए। तर कोरोना महामारीको कारण ती दुईको विवाह स्थगित गरियो। आलिया भट्टलाई यस विषयमा सोध्दा उनले भनिन्, ‘मेरो मनमा मैले रणबीरसँग विवाह गरिसकेकी छु। सबै कुरा हुनुको एउटा कारण हुन्छ । जब हामी विवाह गर्छौँ, त्यो सही र सुन्दर ढंगले हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण