जसपा संघीय परिषद बैठक : भट्टराईको प्रतिवेदनमाथि छलफल
शनिबार, २८ फागुन २०७८, ०९ : ००

जनता समाजवादी पार्टी संघीय परिषद्को बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । सातवटा प्रदेश र उपत्यकासहित आठवटा समूहमा सो प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
अध्यक्ष भट्टराईले भूराजनीति, पार्टीको मार्गदर्शक, पार्टीको सिद्धान्त, नेकपा सरकारको असफलता, संविधान संशोधन, वर्तमान सरकार, पार्टीको एजेन्डालगायत विभिन्न १४ वटा शीर्षकमा समेटिएको २३ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आठवटा समूहमा छलफल भइसकेपछि सो समूहका एकजना नेताले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन् ।