मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजन : उपाध्यक्ष पोखरेल

शनिबार, २८ फागुन २०७८, १६ : ०९
शनिबार, २८ फागुन २०७८

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् । शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीति नेशनल पोलिटिक्सको दुईवटा पोलमा परिणत भएको छ । यो दुर्भाग्य भन्नुहोस्, बिडम्बना भन्नुहोस्, दुईवटा पोलमा पोलराइज भएको छ । एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । अर्को पोल गठबन्धनको पोल छ । यो गठबन्धनको बारेमा मैले केही भन्नुपर्दैन । गठबन्धनमा आबद्ध भएका विभिन्न नेता साथीहरुले प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्छ । त्यसलाई हेरे पुग्छ । आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखापरेको छ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई चिर्न सबैले खबरदारी गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप