लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन
आइतबार, २९ फागुन २०७८, ०७ : ३९
देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।
४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।
लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण