एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ विद्युतीय टेम्पो बेच्ने
नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ मोबिलिटी (ओएसएम) का विद्युतीय सवारीसाधन ल्याउने भएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हीलर सवारी भित्र्याउने योजना बनाएको हो ।
ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच विद्युतीय तीनपाङ्‌ग्रे सवारीसाधन आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारी भएको एमएडब्लू भृद्धिले जानकारी दिएको छ ।
अबको केही समयभित्रै ओएसएमका तीनपांग्रे विद्युतीय सवारी ल्याउने सो कम्पनीको योजना छ । वातावरण सुरक्षामा आफूहरू प्रतिबद्ध रहेको र वातावरण तथा नेपाललाई सुहाउँदो सवारी भित्र्याउन भित्र्याउन लागेको कम्पनिले जानकारी दिएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने पनि कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण