रुम्जाटार यातायात व्यवस्था कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर
सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका-४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालन थालेको छ । सो एक्सटेन्सन काउन्टर उद्‌घाटन प्रदेश नं. १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन्‌ ।
काउन्टर उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका-४ का अध्यक्ष रत्नबहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यापक गोकर्णबहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सहभागी रहेका बैंकले जानकारी दिएको छ ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने बैंकको दाबी छ । बैंकले हालसम्म करिब सात लाख ग्राहकहरूलाई ११५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटीएममार्फत सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण