जग्गा नामसारी गर्दा घुस मागेको आरोपमा खरिदारविरुद्ध मुद्दा दायर
आइतबार, २९ फागुन २०७८, १७ : ५०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी गर्ने सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौंमा कार्यरत खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएका छ । आयोगले घुस लिँदै गरेको अवस्थामा बस्नेतलाई यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।
जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण