युक्रेनको एलभिभमा नौको मृत्यु, ५७ घाइते
आइतबार, २९ फागुन २०७८, २० : ३४
एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेको छ, “दुर्भाग्यवश हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।” रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका शहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।
ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण