धुजाधुजा हुँदै पुराना अखबार
स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् । सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ ।
सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था हेर्दा तिनको महत्व प्रेस काउन्सिलका कर्मचारीले नबुझेको प्रष्ट हुन्छ ।
प्रवक्ताको समेत जिम्मेवारी पाउनुभएका काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले भने, “स्क्यानर बिग्रिएको पाँच वर्ष भयो । त्यसपछि स्क्यानको काम ठप्प भयो । पत्रपत्रिकालाई डिजिटाइज गर्न नपाउँदा भण्डार गर्नुपरेको हो ।” त्यहाँ गोरखापत्रलगायत उपत्यकाबाट प्रकाशन हुने सबै दैनिक अखबारका साथै साप्ताहिक पत्रिका पनि राखिएका छन् ।
प्रेस काउन्सिलले २०३१ देखि २०७० सालसम्मको गोरखापत्रका हरेक अङ्कलाई डिजिटाइज गरेको छ । त्यस्तै २०६२ सालसम्मका साप्ताहिक पत्रिका डिजिटाइज गरिएको छ । त्यसयताका कुनै पनि पत्रिकाको डिजिटाइज हुनसकेको छैन । त्यो कोठामा डिजिटाइज गर्न नभ्याइएका निकै पुराना पत्रपत्रिका पनि राखिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण