जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा सामेल भएका हुन् ।
नवप्रवेशी टोलीलाई कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका थिए । ‘कार्चेन लामालाई प्रदेश मन्त्री बनाएपछि हुम्लामा माओवादीको जनाधार बलियो हुँदै गएको छ,’ नेकपा माओवादी केन्द्रका एक जना स्थानीय नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण