सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, ३० फागुन २०७८, १० : ५७

सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् ।
घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ ।
आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा
-
इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
असारको राशिफल : हेर्नुहोस् महिनाभरको आफ्नो भाग्य
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित