सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, ३० फागुन २०७८, १० : ५७
सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् ।
घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ ।
आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण