नेपाल र साउदी अरबबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुँदै
नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ (सहयोग सम्झौता) हुने भएको छ । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भ्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो ।
साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । मंगलबार नै नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ/समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा नै नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिनेछ । यो दुई देशको बीचमा गर्न सकिने विभिन्न सहयोगहरु– आर्थिक सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण