अझै सुरु भएन जसपा केन्द्रीय समिति बैठक, अध्यक्षद्वय यादव र भट्टराई छलफलमा
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । दुई पक्षीय छलफलका कारण बैठक सुरु हुन ढिलाई भएको हो । अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गरेका छन् ।
अध्यक्ष यादवले आफ्ना पक्षका नेताहरुसँग केन्द्रीय समितिको बैठकस्थलमै छुट्टै कोठामा छलफल गरेका छन् भने संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले कार्यक्रमस्थल बाहिर छलफल गरेको थिए । अध्यक्ष भट्टराई भर्खर बैठकस्थलमा आइपुगेका छन् ।
अहिले अध्यक्ष भट्टराई र अध्यक्ष यादवबीच छलफल सुरु भएको छ । दुईजनाको छलफल सकिएपछि बैठक बस्नेछ । आज अध्यक्ष यादव संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ भने आजै विधान अधिवेशनको प्रस्ताव पनि पेस हुनेछ । त्यसबाहेक विविधमा अन्य एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठक आजै सकिने तयारी रहेको बुझिएको छ ।
बैठक ११ बजेका लागि बोलाइएको थियो । दुईजना अध्यक्ष छुट्टाछुट्टै, त्यसपछि संयुक्त छलफलमा जुटेपछि केन्द्रीय सदस्यहरु तितरबितर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण