नयाँ प्रविधिले २० सेकेन्डमै मुटुको रोग पत्ता लाग्ने
अमेरिकामा प्रत्येक वर्ष १२ लाखभन्दा बढी मानिस मुटुको बिरामी हुने भएकाले म्याग्नेटिक रेजोनेन्स (एमआरआई) गराउँछन् । एमआरआई गराउन अझै पनि ४५ देखि ९० मिनेटसम्मको समय लाग्छ । तर, बेलायती वैज्ञानिकले यो समय कयौं गुणा कम गरिदिएका छन् । ब्रिटेन हर्ट फाउन्डेसनले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर एमआरआई मेसिनको ढाँचा तयार गरेका छन् । यसको सहयोगमा केवल २० सेकेन्डमै कुनै पनि किसिमको मुटुको रोग वा अवरोध पत्ता लगाउन सकिन्छ ।
विशेष के छ भने यो प्रविधिको माध्यमबाट सामान्य चेकअपको तुलनामा १३ मिनेट समय बच्ने छ , अर्थात् ४० गुणा तीव्र रुपमा मुटुको पुरा स्क्यान हुन सक्छ । हाल यो प्रविधिको प्रयोग लन्डन युनिभर्सिटीको अस्पतालमा गरिँदैछ । त्यहाँ प्रत्येक सातामा करिब १४० मुटुको बिरामीको जाँच भइरहेको छ । यो कार्यक्रमको नेतृत्व गरिरहेका डाक्टर रोड्री डेभिसले जटिल मुटुको संरचना सजिलै पत्ता लगाएर बिरामीको उपचार गरिन थालेको बताएका छन् ।
यो प्रविधिको माध्यमबाट डाक्टरको अपोइन्टमेन्टमा लाग्ने समय घट्नेछ । एआईको ९ फरक–फरक स्थितिबाट एमआआई स्क्यानको उपयोग गरेर यसको विकसित गरिएको डाक्टरले बताएका छन् । यसमा हृयघात, उच्च रक्तचाप, हाइपरट्राफक कार्डियोमायोप्याथी, मुटुको मांसपेशी कमजोर हुने विषय समावेश छन् ।
मोटोपनाका कारण हृयघातको खतरा उच्च
अमेरिकामा १ तिहाई भन्दा बढी वयस्क मोटोपनाको सिकार भएका छन् । यसैगरी दुई तिहाई मानिस अधिक वजन वा मोटा छन् । उनीहरुको बाडमास इन्डेक्स(बीएमआई) २५ भन्दा बढी छ । प्रत्येक ५ मा एक बच्चाको अवस्था यही छ । विशेषज्ञका अनुसार कुनैपनि वयष्कको शरीरमा बीएमआई ३० भन्दा बढी छ । यसको अर्थ उनीहरु मोटोपनाबाट पीडित छन् । एक स्वस्थ व्यक्तिको बीएमआई १८.५ देखि २४.९ को बीच हुन्छ । विशेषज्ञका अनुसार मोटोपनको शिकार भएको मानिसमा हृदयघातको खतरा उच्च हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण