काठमाडौंको चुच्चेपाटीमा सुन व्यापारी लुटिए, दुई जना पक्राउ
काठमाडौंको चुच्चेपाटीमा सुन पसलेलाई एउटा समूहले लुटेको छ । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्ले लुटिएका हुन् । फागुन २५ मा साँझ आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले दाबी गरेका छन् । लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने भोस्ले पसल बन्द गरेर नगद तथा सुन बोकेर घरतर्फ जाँदै थिए । पसलबाट पिछा गरेर लुटेरा समूहले चुच्चेपाटी स्थित एनआइसी एसिया बैंक पछाडी उनलाई लुटेका हुन् । सुन लुट्न राजेन्द्र ठकुरी दाङबाट रा.४प ११६० नम्बरको पल्सर मोटरसाइकल लिएर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
लुटमा संलग्न दुईजना आरोपीलाई पक्राउ गरिएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने–‘केही शंकास्पद पक्राउ गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’ लुटमा ७४ लटको ९५६० नम्बरको अपाच्य मोटरसाइकल पनि प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटेराहरुले चार दिनसम्म चावहिल स्थित एउटा क्याफेमा बसेर निगरानी गरेर व्यापारीलाई लुटेका थिए ।
दाङबाट पक्राउ गरिएका ठकुरीको साथबाट प्रहरीले २ सय ६१ ग्राम सुन बरामद गरेको छ । लुटेरा समूहले आँखामा खुर्सानको धुलो हालेर लुटेको पिडीतले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण