काठमाडौंको चुच्चेपाटीमा सुन व्यापारी लुटिए, दुई जना पक्राउ

काठमाडौंको चुच्चेपाटीमा सुन पसलेलाई एउटा समूहले लुटेको छ । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्ले लुटिएका हुन् । फागुन २५ मा साँझ आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले दाबी गरेका छन् । लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने भोस्ले पसल बन्द गरेर नगद तथा सुन बोकेर घरतर्फ जाँदै थिए । पसलबाट पिछा गरेर लुटेरा समूहले चुच्चेपाटी स्थित एनआइसी एसिया बैंक पछाडी उनलाई लुटेका हुन् । सुन लुट्न राजेन्द्र ठकुरी दाङबाट रा.४प ११६० नम्बरको पल्सर मोटरसाइकल लिएर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
लुटमा संलग्न दुईजना आरोपीलाई पक्राउ गरिएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने–‘केही शंकास्पद पक्राउ गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’ लुटमा ७४ लटको ९५६० नम्बरको अपाच्य मोटरसाइकल पनि प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटेराहरुले चार दिनसम्म चावहिल स्थित एउटा क्याफेमा बसेर निगरानी गरेर व्यापारीलाई लुटेका थिए ।
दाङबाट पक्राउ गरिएका ठकुरीको साथबाट प्रहरीले २ सय ६१ ग्राम सुन बरामद गरेको छ । लुटेरा समूहले आँखामा खुर्सानको धुलो हालेर लुटेको पिडीतले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र
-
गोङ्गबुको नेशनल मोडल स्कुलमा मध्यराति डोजर, जाहेरी लिन प्रहरीको आनाकानी
-
मार्स र मार्क्रमको अर्धशतक, हैदराबादसामु २ सय ६ रनको लक्ष्य