तङ्ग्रिदैछन् डुंगा व्यवसायी
‘अब त कहिलै कोरोना नआओस्’, पोखराको फेवा किनारमा विगत एक दशकदेखि डुंगा चलाउँदै आएकी मीना भुजेलको प्रार्थना हो यो । मीनाझैं यस्तै प्रार्थना गर्ने माझीहरु फेवाताल वरपर थुप्रै भेटिन्छन्, जसले डुंगा चलाएरै साँझ बिहान चुल्होमा आगो बालिरहेका छन् अनि बालबच्चा पढाइरहेका छन् ।
उनीहरू अझै त्रसित छन्, सशंकित छन्, ‘फेरि कोरोना महामारीको मारमा परिने पो हो कि !’ यद्यपि अब मीना जस्ता धेरै माझीको अनुहारमा चमक आउन थालेको छ । आफ्नो व्यवसाय पुरानै लयमा फर्कनेमा उनीहरु विश्वस्त छन् । ‘यतिको अवस्थामा आइपुग्न लामै समय कुर्नु पर्यो’, मीना थप्छिन्,‘अहिले त दिनको ८÷१० ट्रिप पुग्न थालेको छ ।’

मीना विशेष गरी तालबाराही मन्दिरमा जाने पर्यटकहरूलाई ओहोरदोहोर गराउँछिन् । उनी आक्कल झुक्कल रिजर्भमा डुंगा लिनेहरूका लागि टाढा टाढासम्म पुग्छिन् । तर, त्यो अवसर कोरोनापछि उती जुर्न सकेको छैन । भन्छिन्, ‘कोरोनापछि बल्ल मान्छे आउन थालेका छन्, यहीँ मन्दिर गयो आयो ।’
मीनाका श्रीमान् पनि माझी पेशामै छन् । एक छोरा, एक छोरीसहित पारिवारिक जनजीविकाको आधार उनीहरुको यही माझी पेशा हो । साथीहरूसँग वरपर घाँस दाउरा गर्दै गर्दा मीनाले डुंगा ख्याउन सिकिन् । आज डुंगा चलाउने व्यवसाय बनेको छ ।
‘विस्तारै पर्यटकको फ्लो बढ्दै छ, पर्यटक बढ्दै छन्’, फेवाताल डुंगा व्यावसायी संघका अध्यक्ष बुद्धिबहादुर परियारले रातोपाटीसँग भने, ‘विदेशी पर्यटक त छैनन् तर, आन्तरिक पर्यटक बढिरहेका छन्, छिमेकी देश भारतबाट पनि केही पर्यटक भित्रिई रहेका छन् ।’
परियारका अनुसार पर्यटकको सिजनको समय भएपनि सोचे जस्तो उल्लेख्य पर्यटक छैनन् । तर, आन्तरिक पर्यटकको चापका कारणले डुंगा व्यावसायी तङ्ग्रिदैछन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण