सन्तोष पन्तको ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय
वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको हास्य प्रदान सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय गरिएको छ । आफ्नो चलचित्र ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने जानकारी निर्देशक साकार पन्तले दिएका छन् ।
पहिला ०७७ बैशाख १२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा परेको थियो । अब भने ‘हिजो आजका कुरा’ दशैतिहारको माहौल पारेर प्रदर्शन गर्न लागीएको हो ।
बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसी (बालकलाकार) लगायतकोे अभिनय छ ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । थुप्रै सेलिब्रेटीलाई एकसाथ प्रस्तुत गरिएको चलचित्रको ‘माया जदौ’ बोलको गीत निकै चर्चित छ ।
दुई बर्षअघि अपलोड गरिएको सो गीत युट्युवमा अहिलेसम्म साढे दुई करोड भन्दा बढी पटक हेरिसकिएको छ । दीपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द तथा रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण